Lyrics-Gyani banera hridai gumayew by Rohit Thapa(ज्ञानी बनेर, हृदय गुमायौँ)

(ज्ञानी बनेर, हृदय गुमायौँ, संसार जीतेर आफै हरायौँ) २
अध्याँरोमा हिड्ने हामीलाई, तिम्रो दिव्य ज्योति देखाई देऊ
(आउ येशू संसार तिम्रो भत्किरहेछ, रातहरु निराशमा जलिरहेछ ।) २

( फुल्नै नपाई सयौँ कोपिलाहरु किन यहाँ मूर्झाईरहेछ 
सल्लाह खोज्दै हिड्ने पाईलाहरु, टेक्नै नपाई लर्खराईरहेछ) २
भत्किन्दै छ घर तोडिदैछ परिवार येशू तिम्रो सल्लाह खोज्दैछ ।

(अशाह्य कम्जोरको रगत बगाई, शान्ति जीत्ने प्रयास चल्दैछ ) २
अबोध अनाथको चिता माथि मान्छेको यहाँ चुला जल्दैछ
(थामिन्न अब साथ भयानक भो रात, चंगाईको बिहानी खोज्दैछ) २

(आउ येशू संसार तिम्रो भत्किरहेछ, रातहरु निराशमा जलिरहेछ ।) २

Comments