Lyrics- Pravhu dhanyabad cha (प्रभु धन्यवाद छ) Adrian Anurodh Dewan
प्रभु धन्यवाद छ
यति सुन्दर जीवन दिनु भो मलाई
प्रभु धन्यवाद छ धन्यवाद छ तपाईंलाई
येशू धन्यवाद छ
फेरी नयाँ जीवन दिनुभो मलाई
येशू धन्यवाद छ, धन्यवाद छ तपाईंलाई
आदिमा जब बसाल्नु भो
जग तपाईंले पृथ्वीको
थिंए त्यस क्षण म तपाईंकै नजरमा
देख्नु भो तपाईंले मलाई
प्रभु धन्यवाद छ
धन्यवाद छ तपाईंलाई
आमाको गर्भमा हुँदै
बोलाउनु भयो पिता मलाई
पापैमा पो जन्मेको भए पनि
बचाउनु भयो येशू दिलाई
प्रभु धन्यवाद छ
धन्यवाद छ तपाईंलाई
Comments