Lyrics-Sabai Baibhav talera jada by Adrian Dewan(सबै वैभव टलेर जाँदा)

सबै वैभव टलेर जाँदा तपाईको वैभाव चम्किरन्छ ।
सबै ज्ञान बितेर जाँदा तपाईको ज्ञान रहिरन्छ ।
के त्यो मानिस ज्ञानी होइन र जस्ले तपाईको सल्लाह लिन्छ
सबै शक्ति डग्मगाउँदा, तपाईको शक्ति अडिग रन्छ ।
सबै राज्य भत्केर जाँदा तपाईको राज्य बडिरन्छ ।
के त्यो मानिस ज्ञानी होइन र जस्ले तपाईको बाटो हेर्छ ।

हो...अनन्त तिर लम्किएर म हेर्दछु
नम्रहरुको धन प्रशस्त त्यहाँ म देख्दछुँ ।
हो...अनन्त तिर नियालेर म हेर्दछु
पर्खि बस्नेको इनाम सुरक्षित त्यहाँ म देख्दछु ।
सबै प्रेम सेलाएर जाँदा तपाईको पे्रम नयै रन्छ ।
सब सुन्दरता बिलाएर जाँदा तपाई एक सुन्दर उभिनु हुन्छ
के त्यो मानिस ज्ञानी होइन र जस्ले तपाईसंग प्रीत लाउँछ

Comments