नयाँ घरको शुरुले सुन्दरता ल्यायो ||Nepali wedding song (Naya ghar ko suru leah lyrics)

नयाँ घरको शुरुले सुन्दरता ल्यायो
परमेश्वरले दुवैलाई एक बनायो
योजना परमेश्वरको अब पूरा भो
यस कार्यले उहाँलाई महिमा पुरयायो ।

१. (प्रेम अधिकार यस घरमा बसोस् ,
      प्रभुको साक्षी सधैं फैलियोस्) -२
      इसाई घरको उदाहरण बनी )२
      अरु घरलाई पनि प्रभुमा ल्याओस्।।

२. (बिन्ती यो हाम्रो प्रभुमा राख्छौं,
    प्रार्थनाले नव दम्पतिलाई ढाक्छौं )-२
    इच्छा यो तपाँईको पूरा होस् भन्दै
    कामना हामी सबै प्रभुमा राख्छौं।।

Comments